लकडाउन अवधिमै नेप्सेमा २० करोड ४० लाख कित्ता सेयर सूचीकृत

काठमाडौं । कोरोना कहरकै बीचमा १५ करोड ९६ लाख बढी कित्ता सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएका छन् । कोरोना भाइरस (कोभिड–१९) को प्रभाव कम गर्न सरकारले गरेको लकडाउन अवधिभित्रै नेप्सेमा १५ वटा कम्पनीको सेयर सूचीकृत भएको हो ।

सरकारले गरेको बन्दाबन्दी अर्थात् लकडाउन खुकुलो भएको पछिल्लो केही दिनमै २० करोड ४० लाख ७३ हजार ५३ कित्ता सेयर नेप्सेमा सूचीकृत भएका हुन् । यस अवधिमा १३ वटा कम्पनीको बोनस सेयर एक कम्पनीको प्राथमिक सेयर र एक कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ ।

नेपाल पुनर्बिमा कम्पनीको १० करोड कित्ता प्राथमिक सेयर नेप्सेमा सूचीकृत भएको छ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको १७ लाख ६० हजार कित्ता हकप्रद सेयर रहेको छ ।

नेपाल एग्रो लद्युवित्त वित्तीय संस्था ७४ हजार ६ सय ६६ दशमलव ७० कित्ता, लुम्बिनी विकास बैंक १२ लाख ९३ हजार ४ सय ८१ दशमलव ७८ कित्ता, नेपाल इन्भेस्टमेन्ट बैंक १ करोड ३७ लाख ९२ हजार ५४ कित्ता, प्राइम कमर्सियल बैंक १ करोड ५४ लाख ९८ हजार ९ सय ६२ दशमलव ७२ कित्ता, जानकी फाइनान्स १० लाख ८२ हजार ७ सय ८ दशमलव ६६ कित्ता, एनएमबी बैंक २ करोड ४२ लाख १२ हजार ४ सय ५७ दशमलव ५९ कित्ता, बुटवल पावर कम्पनी २४ लाख ३३ हजार २ सय ६४ कित्ता र नेपाल एसबीआई बैंकको ५० लाख ६९ हजार ५ सय ५० दशमलव ३१ कित्ता बोनस सेयर सूचीकृत भएका छन् ।

त्यस्तै, मिरमिरे लघुवित्त वित्तीय संस्था ५ लाख ७९ हजार ५ सय ३८ दशमलव ८० कित्ता बोनस सेयर, नेस्नल माइक्रोफाइनान्स् वित्तीय संस्था ११ लाख ३१ हजार ६ सय ६२ दशमलव ५० कित्ता बोनस सेयर, प्राइम कमर्सियल बैंक २ करोड ७४ लाख ८५ हजार १५ कित्ता सेयर, सूर्योदय लघुवित्त वित्तीय संस्थाको ४ लाख ८० हजार कित्ता बोनस सेयर र नेपाल बैंकको १ करोड ४७ लाख १६ हजार ७ सय २२ कित्ता बोनस सेयर सूचीकृत भएका छन् ।

कोरोना प्रभाव रोक्न सरकारले गरेका लकडाउनका कारण गत ११ चैतदेखि सेयर बजार बन्द रहेको छ । लकडाउन केही खुकुलो भएको भए पनि हालसम्म बजारमा सेयर कारोबार बन्दै नै रहेको छ । तथापि सेयर सूचीकरण भने रोकिएको छैन ।

Top