साढे ६० लाख मासिक भाडामा ‘काठमाडौं प्लाजा’ काठमाडौं महानगरलाई दिने सरकारको निर्णय

काठमाडौं- नेपाल ट्रष्टको जग्गामा निर्मित काठमाडौं प्लाजाको भवन काठमाडौं महानगरपालिकालाई मासिक ६० लाख ५० हजार भाडामा दिने निर्णय सरकारले गरेको छ। नेपाल ट्रष्टको सञ्चालक बोर्डबाट पारित गर्दै ट्रष्टको कार्यालयले गरेको सिफारिसका आधारमा काठमाडौं प्लाजा महानगरपालिकालाई दिने निर्णय गरेको हो।

मन्त्रिपरिषद् बैठकले काठमाडौं प्लाजाको भवन अफिसियल प्रयोजनका लागि काठमाडौं महानगरपालिका लागि दिने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले बताए। महानगरपालिकाले उक्त भवनलाई व्यापारिक प्रयोजनमा प्रयोग गर्न नपाउने गरी मासिक ६० लाख ५० हजार भाडामा दिने निर्णय गरेको ती मन्त्रीको भनाइ छ।
महानगरपालिकालाई झन्डै ६ महिना अगाडि नै नेपाल ट्रष्टको कार्यालयले उक्त भवन भाडामा लिने भए प्रस्ताव पेस गर्ने भनेको थियो। महानगरपालिकाले पनि निर्णय गरेर मासिक ६० लाख ५० हजारमा उक्त भवन भाडामा लिने सक्ने प्रस्ताव नेपाल ट्रष्टको कार्यालयमा पठाएको थियो। सोही आधारमा नेपाल ट्रष्टको कार्यालयले स्वतन्त्र निकायबाट मासिक ५९ लाख रुपैयाँसम्म भाडामा उक्त भवन दिने सक्ने भन्दै रिपोर्टको आधारमा महानगरपालिकासँग प्रस्ताव मागेको थियो।

महानगरपालिकाले पनि स्वतन्त्र अध्ययन गरी तोकेका भाडाबारे राय पठाएको थियो। सोभन्दा बढी भाडा महानगरपालिकाले दिने भएपनि ट्रष्टले निजी क्षेत्रलाई दिएर विवादमा पर्नुभन्दा महानगरपालिकालाई दिने गरी मन्त्रिपरिषदमा प्रस्ताव पठाएको थियो। सोही प्रस्तावको आधारमा मन्त्रिपरिषदले उक्त भवन मासिक ६० लाख ५० हजारमा दिने तर, दुई वटा काम गर्न भने नपाउने भन्दै निर्णय गरेको एक मन्त्रीले बताए।

Top