मौद्रिक नीति साउन पहिलोसाता आउने

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति साउन पहिलो साता ल्याउने भएको छ । असार अन्तिम साता ल्याइने गरेको मौद्रिक नीति कोरोना प्रभाव तथा लकडाउनका कारण प्रयाप्त समय अभावले गर्दा साउन पहिलो साता जारी गरिने भएको राष्ट्र बैंकले जनाएको छ । गभर्नर महाप्रसाद अधिकारीको यो पहिलो मौद्रिक नीति हो । राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि साउन पहिलो साता मौद्रिक नीति ल्याउनेगरी गृहकार्य गरीरहेको जनाएको छ । मौद्रिक नीतिका लागि सुझावहरु संकलन गर्ने कार्य जारी रहेको तथा अधिकाँस संघसंस्थाका सुझावहरु आइसकेको राष्ट्र बैंक गभर्नर कार्यालयले जनाएको छ ।

Top