एनआईसी एशियाको घर, सवारी र व्यवसाय कर्जा : ईएमआई आफैं तोक्न पाइने

काठमाडौं । एनआईसी एशिया बैंकले सुपर चमत्कारिक घर कर्जा, सुपर चमत्कारिक सवारी कर्जा र सुपर चमत्कारिक व्यवसाय कर्जा योजना ल्याएको छ ।

बैंकले आफ्नो अतुलनीय र असीमित सुविधाले भरिपूर्ण नयाँ योजना ल्याउने क्रमलाई निरन्तरता दिएको दाबी गरेको छ । योजनामा नेपालको बैंकिङ सबैभन्दा कम ब्याजदर तथा प्रशासनिक शुल्कसहित तीन सुपर चमत्कारिक कर्जा योजना ल्याएको दाबी गरेको छ । यसअन्तर्गत बैंकले ८.२५ प्रतिशत ब्याजदर तथा ०.२५ प्रतिशत प्रशासनिक शुल्कमा उक्त कर्जा उपलब्ध गराउनेछ । उक्त ब्याजदर एक वर्षसम्मका लागि परिवर्तन नहुने व्यवस्था छ ।

सुपर चमत्कारिक घर कर्जाअन्तर्गत घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण, घर निर्माण गर्न जग्गा खरिद आदि वित्तीय सेवा सुविधा लिन चाहने ग्राहकले यो योजनाको लाभ लिन सक्नेछन् । न्यूनतम ५ वर्षदेखि अधिकतम ३० वर्ष कर्जाको समयावधि कायम गरिएको छ । अधिकतम १ करोड ५० लाखसम्म कर्जा सीमा कायम गरिएको छ ।

जसअन्तर्गत अधिकतम ५० लाखसम्मको ओभरड्राफ्ट सुविधासमेत लिन सकिने व्यवस्था छ ।

घर निर्माण गर्दाको हकमा बैंकले निर्माण लागतको शतप्रतिशतसम्म कर्जा प्रवाह गर्ने, घर निर्माणका लागि अधिकतम ५ वर्षसम्मको मोराटोरियम अवधि लिन सकिने र उक्त मोराटोरियम अवधि ऋणीले कर्जाको ब्याज मात्र भुक्तानी गर्न सक्नेसमेत सुविधा छ । यसबाहेक लचिलो ईएमआईमार्फत् ग्र्राहकले आफ्नो आर्थिक क्षमताअनुसारको आफूले तिर्नसक्ने ईएमआई वार्षिक रूपमा आफैंले निधारण गरेर भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।

योजनाअन्र्तगत घर कर्जा उपभोग गरिहेका ग्राहकले बन्डल अफरअन्तर्गत सवारी कर्जा उपभोग गर्न सक्ने व्यवस्थासमेत छ ।

यसैगरी सुपर चमत्कारिक सवारी कर्जाअन्तर्गत रातो प्लेटका निजी तथा व्यवसायका लागि सवारी र विद्युतीय सवारीका लागि ग्राहक महानुभावहरूले कर्जा प्राप्त गर्न सक्नेछन् । यसमा अन्य बैंकमार्फत् सवारी कर्जा उपभोग गरिरहेका महानुभावले यस बैंकको सुपर चमत्कारिक सवारी कर्जाअन्तर्गत आफ्नो कर्जा स्वाप गर्नसमेत सक्नेछन् ।

यस योजनाअन्तर्गत अधिकतम दुई करोड कर्जा सीमा कायम गरिएको छ । सवारी धितो राखेको हकमा कर्जा अवधि अधिकतम १० वर्षसम्म र सवारी तथा रियलस्टेट दुवै धितो राखेको खण्डमा अधिकतम १५ वर्षसम्म कर्जा अवधि हुने व्यवस्था गरिएको छ ।

बैंकले साना तथा मझौला उद्योग व्यवसायलाई प्रोत्साहन गर्न सुपर चमत्कारिक व्यवसाय कर्जा योजना पनि ल्याएको छ । जसअन्तर्गत उद्योगी तथा व्यवसायीहरूले आफ्नो व्यवसायको आवश्यकताअनुसार आवधिक कर्जा तथा ओभरड्राफ्ट मिश्रित रूपमा उपभोग गर्न सक्नेछन् र यस्तो कर्जा सीमा अधिकतम एक करोडसम्म निर्धारण गरिएको छ ।

यस्तो योजनाबाट विषम् परिस्थितिमा समेत लगानीको वातावरण बनाउन आमसर्वसाधारणलाई थप प्रोत्साहन तथा प्रेरणा मिल्ने बैंकले विश्वास लिएको छ । यी तीनवटै कर्जा बैंकले ४८ घण्टाभित्रै निर्णय दिनेछ ।

Top