
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले कोभिड १९ बाट प्रभावित अर्थतन्त्रलाई छिटो पुनर्रुत्थान गर्न ५० प्रतिशत मात्रै क्षमतामा भएपनि सबै व्यापार व्यवसाय संचालन गर्न दिनुपर्ने बताएका छन् ।
होटेल, सार्वजनिक यातायात, सभा सम्मेलनलगायतका लागि हाललाई ५० प्रतिशत मात्रै क्षमतामा संचालन गर्न दिइएपनि त्यसले व्यवसायीलाई उर्जा दिने बताउँछन् ।
“अर्थतन्त्रलाई चलायमान बनाउन र कोभिड १९ बाट प्रभावित अर्थतन्त्रलाई छिटो रिभाइभ गराउनको लागि पनि अब यस्तो व्यवस्था गर्नु आवश्यक छ” उनले भने ।
चन्द्रागिरि हिल्सका अध्यक्ष समेत गरेको ढकालले पर्यटकीय स्थान चन्द्रागिरि केवलकार पनि स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै ५० प्रतिशत क्षमतामा सञ्चालनको तयारी गरेको बताए ।
पर्यटकीय क्षेत्र मात्रै नभई सार्वजनिक यातायात, होटेल पनि तत्कालका लागि निश्चित क्षमतामा संचालन गर्न दिनुपर्छ” उनले भने, “कोभिड १९ बाट बच्दै अर्थतन्त्रलाई पनि चलायमान बनाउन सामानान्तर रुपमा अगाडि बढाउनुपर्छ ।”