भाटभटेनी मनी ट्रान्स्फरमा नयाँ योजनाः मनिग्रामबाट पठाएको पैसा भाटभटेनीमा पाउ उपहार जितौं

काठमाडौं । भाटभटेनी सुपरस्टोर प्रवद्र्धक रहेको भाटभटेनी मनि ट्रान्सफरले आइपे सँगको सहकार्यमा नयाँ योजना सुरु गरेको छ । मनी ट्रान्सरफरले यही २०७७ साल असार १७ देखी भाद्र ३० गते सम्म ‘मनिग्रामबाट पठाएको पैसा लिउँ र रु २०००० को सपिङ्ग भौचर प्राप्त गरौ।’ भन्ने नयाँ योजना सुरु गरेको हो । यस योजना अन्तर्गत विश्वको कुनै पनि स्थानबाट मनिग्रामा मार्फत आएको रकम भाटभटेनी सुपरस्टोरमा भएको भाटभटेनी मनी ट्रान्सफरको भूक्तानी केन्द्रबाट प्राप्त गरेको हुनु पर्नेछ । यस योजना अन्तर्गत एक जना भाग्यशाली बिजेतालाई लक्की ड्र मार्फत पुरुस्कार प्रदान गरिने छ ।

भाटभटेनी मनी ट्रान्सफरमा कोरियाको क्रस रेमिट मार्फत पठाएको रकम पाउनुको साथै हप्ताको ७ दिननै खातामा जम्मा हुने तथा सानिमा रेमिट, हिमाल रेमिट, सिभिल रेमिट लागाएत नेपालभित्र रकम पठाउन र पाउन सकिने व्यवस्था छ । भाटभटेनी सुपरस्टोरमा भएको भाटभटेनी मनी ट्रान्सफरको भूक्तानी केन्द्रबाट ५० भन्दा धेरै बैंक खातामा तुरुन्त रकम जम्मा गर्न सकिने साथै नेपालभरी २५०० भन्दा धेरै स्थानमा रकम पठाउन र पाउन, खल्ती तथा सेल्पे वालेट बाट भाटभटेनीमा रकम पठाउन सकिने मनि ट्रान्सफर प्रालिका कार्यकारी ब्यवस्थापक मुनाल जंग कार्कीले जानकारी गराए।

Top