काठमाडौं उपत्यकाको चारमध्ये दुई स्थानको ढलमा कोरोना भाइरस भेटियो

सिएमडिएन)नेपालले गरेको ‘इन्भाइरोमेन्टल सर्भिलेन्स अफ सार्स २’ प्रारम्भिक अध्ययनले काठमाडौ उपत्यकाको ढलमा कोरोना भाइरस भेटिएको देखाएको हो ।

सेन्टर फर मलिकुलर डायनामिक्स (सीएमडीएन)नेपालका मुख्य अनुसन्धानकर्ता डा.दिवेश कर्माचार्यले काठमाडौका मुख्य शहरका चार स्थानका ढलमध्ये दुई स्थानका नमुनामा कोरोना भाइरस देखिएको जानकारी दिए ।

उनले भने “काठमाडौ उपत्यकाको मुख्य चार शहरका ढलको नमुनामा लिएका थियौ , तर दुईको स्थानमको ढलमा कोरोना सार्स २ देखियो,जसले कोरोना भाइरस मानिसमा देखिने गर्छ ।”

काठमाडौ कुन कुन स्थानको नमुना लिएको भनेर अहिले भन्न नमिल्ने उनले बताए । उनले भने “यो स्थानको भन्न गम्भिर कुरा भएकाले सरकारसँग समन्वय गर्नुपर्ने हुन्छ ।”

दुई वर्षदेखि ढलको नमुना लिएर टाइफाईको अध्ययन गदै आएका थियौ तर (इभारमेन्टल सर्भेलेन्स)कोरोनाको मात्र अध्ययन सुरु गरिएको दुई महिनाभएको उनले जानकारी दिए ।

उनका अनुसार काठमाडौ उपत्यका भित्रभित्र उपत्यकामा समुदायमा संक्रमण फैलिएको देखाएको बताए ।

हटस्पट पत्ता लगाउँन वडा वडा, टोल टोलको ढलमा अध्ययन अनुसन्धान गर्ने तयारी रहेको समेत उनले जानकारी दिए ।

बरिष्ठ जनस्वास्थ्य विज्ञ डा. समिरमणि दिक्षितले ढलमा कोरोना देखिनु भनेको धेरै जनामा भाइरस छ भन्ने संकेत गरेको बताउँछन् ।

उनले भने “कोरोना भाइरसको संक्रमण छैनन् भनेका ठाउँमा भित्र भित्र रहेको रहेको यस अध्ययनले प्रमाणीत गरेको छ । ”

सरकारले कोरोना परीक्षणको पीसीआरको दायरा बढाउँनुपर्ने देखिएको समेत उनले जानकारी दिए ।

उनले भने “यो अनुसन्धानले पनि लक्ष्णविहिन नै कोरोना संक्रमित बढिरहेको देखियो । तर जोखिम समूहमा रहेकालाई जोगाँउन पनि परीक्षणको दायरा बढाउँनुपर्ने देखिएको छ ।”

अध्ययनको निष्कर्ष स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा समेत बुझाउने उनले बताए ।

Top