काठमाडौंमा ३० जना कोरोना संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा ३० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३० जना कोरोना संक्रमित थपिएकाे जानकारी दिएका हुन् ।

उनले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा ५ जना, त्रिवि शिक्षण अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंमा २१ जना, ललितपुर दुई जना र भक्तपुरका १ जना र वीर अस्पतालमा गरिएको कोरोना परीक्षणमा काठमाडौंका एक जना कोरोना संक्रमित थपिएकाे जानकारी दिए ।

Top