वैदेशिक रोजगार बोर्डको सदस्य बन्न हेम गुरुङले जनाए असमर्थता

२३ असार, काठमाडौं । म्यानपावर व्यवसायी हेमबहादुर गुरुङले वैदेशिक रोजगार बोर्डको सदस्य बन्न अस्वीकार गरेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वरराय यादवले गुरुङलाई आइतबार गुरुङ सहित मेडिकल व्यवसायी कैलाश खड्कालाई सदस्य मनोनित गरेका थिए ।

तर मनोनयनको पत्र बुझ्न नपाउँदै मन्त्री यादव र मनोनित व्यवसायीहरूको आलोचना भएको थियो । गुरुङले मंगलबार मन्त्रालयलाई एक पत्र लेख्दै बोर्डको सदस्यका रूपमा काम गर्न असमर्थ रहेको जानकारी दिएका छन् ।

उनले कोभिड-१९का कारण सिर्जित परिस्थिति र यसका कारण वैदेशिक रोजगारीको क्षेत्रमा देखिएको जटिलता र आफ्नो स्वास्थ्य अवस्थालाई कारण देखाउँदै सदस्यका रूपमा काम गर्न असमर्थ रहेको जानकारी गराएका छन् ।

Top