कामना सेवा र रेमिट टु नेपालबीच रेमिट्यान्स सम्झौता

कामना सेवा विकास बैंक लिमिटेड र रेमिट टु नेपालबीच एकअर्काको प्रतिनिधिको रुपमा रही विप्रेषणसम्बन्धी कारोबार गर्ने सम्झौता भएको छ।

बैंकका तर्फबाट डिपोजिट तथा ट्रान्जेक्सन बैंकिङ प्रमुख सुवास भट्टराई तथा रेमिट टु नेपालका तर्फबाट महाप्रबन्धक सन्तोष भेटुवालले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

रेमिट टु नेपाल स्वदेश तथा विभिन्न देशहरुममा रेमिट्यान्स कारोबार गर्दै आइरहेको कम्पनी हो। यसबाट ग्राहकहरुले अझै सहज रुपमा विप्रेषण सुविधा लिनसक्ने बैंकले जनाएको छ।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १ सय २४ वटा शाखा तथा ६६ वटा एटीएममार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ।

बैंकले एबीबीएस, एसएमएस बैंकिङ, मोबाइल बैंकिङ, सी आस्बा, अनलाइन्ट ओपनिङ, अनलाइन लोन एप्लिकेसनलगायतका विभिन्न माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ।

Top