सिटी एक्सप्रेस मनी ट्रान्सफरको १२ औं वार्षिकोत्सवको उपलक्ष्यमा शैक्षिक सामाग्री हस्तान्तरण !!! News by Remit Khabar - 11/07/201811/07/20180 Kathmandu, July 11 सिटी एक्सप्रेस मनी ट्रान्सफरको आफ्नो १२ औं बार्षिकोत्सवको उपलक्ष्यमा आज “बाल सारथी” संस्थालाई सामाजिक उत्तरदायित्व अन्र्तगत शौक्षिक सामाग्री हस्तान्तरण गरेको छ । साथै उक्त संस्थालाई सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रवन्ध निर्देशक चन्द्र टण्डनज्यूले नगद रु ५०,०००/- पनि प्रदान गर्ने घोषण गर्नुभएको छ । उक्त रकम त्यस संस्थामा अध्ययनरत ९० जना विद्यार्थीहरुको लागी एक हप्ताका लागी रासन पानीमा खर्च गरिने सो संस्थाका संस्थापक माला खरेलले जानकारी दिनुभएको छ । उक्त कार्याक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रवन्ध निर्देशक चन्द्र टण्डन लगायतका सिटी एक्सप्रेस मनी ट्रान्सफरको बजार व्यवस्थापकका टोली साथै बाल सारथीका सल्लाहकार एवम् नेपाल सरकारका पुर्व सचिव आत्माराम पाण्डेज्यूको पनि उपस्थिती रहको थियो ।