कोरोना प्रभावपछि सिंगापुरमा आर्थिक मन्दी

काठमाडौं – कोरोना भाइरसको महामारीपछि सिंगापुर आर्थिक मन्दीमा फसेको छ ।

सिङ्गापुर यो वर्षको दोस्रो त्रैमासिकमा आर्थिक मन्दीमा प्रवेश गरेको रोयटर्सले जनाएको छ । सिङ्गापुरको अर्थव्यवस्थामा दोस्रो त्रैमासिकमा ४१ दशमलव २ प्रतिशतको गिरावट आएको हो ।

वाणिज्य मन्त्रालयका अनुसार गएको वर्षको तुलनामा अप्रिलदेखि जुनबीच सिङ्गापुरको अर्थव्यवस्थामा १२ दशमलव ६ प्रतिशतको दरले गिरावट आएको छ ।

कोरोना भाइरसको सङ्क्रमण दर रोक्न लगाइएको कडा प्रतिबन्धको कारण यो अवस्था आएको बताइएको छ ।

विश्वको खुला अर्थव्यवस्थामध्ये एक सिङ्गापुरको अर्थव्यवस्थामा गिरावट देखिएको यो दोस्रो साता हो । पछिल्लो १० वर्षमा सिङ्गापुर पहिलो पटक आर्थिक मन्दीतर्फ धकेलिएको हो ।

Top