इजिलिंक रेमिटेन्स नेपाल क्लियरिङ हाउसमा आबद्ध

काठमाडौं । इजिलिंक रेमिटेन्स प्रालिले नेसनल पेमेन्ट्स इन्टरफेसको प्रयोग गरी रेमिटेन्स कारोबारहरु सिधै लाभग्राहीहरुको बैंक खातामा जम्मा हुने गरी सुविधा दिन अप्रत्यक्ष सदस्यका रुपमा नेपाल क्लियरिङ हाउसमा आबद्ध भएको छ ।

यो व्यवस्थासँगै इजिलिंक रेमिटेन्सका भुक्तानीका कारोबारहरु कनेक्ट आईपीएस ई पेमेन्ट प्रणालीमार्फत् रियल टाइममा तुरुन्तै भुक्तानी गर्न सकिने र अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमार्फत् तोकिएको समय सीमामा समेत भुक्तानी कारोबारहरु गर्न सकिने कम्पनीले जनाएको छ । साझेदारीले बैंक खातामा आधारित रेमिटेन्सका लागि इजिलिंकको सेवा प्रवाहमा उल्लेख्य सुधार ल्याउने अपेक्षा गरिएको कम्पनीले जनाएको छ ।

विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसका रुपमा विकास गरिएको एनपीआईमार्फत् हाल उपलब्ध कनेक्ट आईपीएस र एनसीएचएल आईपीएसको सञ्जालमा क्रमश: ५२ र ६३ सदस्य बैंक तथा वित्तीय संस्थाहरु आबद्ध छन् ।

Top