रोजगादातालाई कर्मचारी खोज्‍न ‘हायर मी’ नेपाल सञ्चालनमा

काठमाडौं । रोजगारदाता र रोजगारीमा पहुँच नभएकाहरूलाई मध्यस्थता गर्न नेसनल एकेडेमी फर फाइनान्सियल सर्भिसेजले हायर मी नेपाल सञ्चालनमा ल्याएको छ । रोजगारदाताले विज्ञापन गर्दा पनि चाहिएको जनशक्ति नपाउने तथा काम गर्न चाहने र पहुँच नहुनेले समयमा रोजेको ठाउँमा रोजगार नपाउने बाध्यतालाई सहजीकरण गर्न हायर मी नेपाल प्रोग्राम सञ्चालनमा ल्याएका कम्पनीले जनाएको छ ।

साउन १ गते कम्पनीका अध्यक्ष रमेशकुमार भट्टराईले उक्त कार्यक्रको औपचारिक शुभारम्भ गरेको बताए । हायर मी नेपाल डट कम साइटका माध्यमले रोजगारदाता कम्पनी, उद्योग, संस्था तथा रोजगार हुन चाहने जो सुकैले आफूलाई छुट्टै पासवर्ड लिएर रजिस्टर्ड गराउन सक्ने अध्यक्ष भट्टराईले बताए ।

उक्त साइटबाट रोजगारदाताले चाहिएको जनशक्ति खोज्‍ने , सम्पर्क गर्ने, च्याटको माध्यमले अन्तर्वार्ता गरी नियुक्ति लिन दिन समेत सकिने गरी सफ्टवेयर बनाइएको उनले बताए । यो साइट अहिलेलाई पूर्णतः निःशुल्क हुने र साइट प्रयोग गर्न सजिलोका लागि छिट्टै नै मोबाइल एप्लिकेसन समेत प्रयोगमा ल्याउने उनले बताए ।

कम्पनीले दुई वर्षभित्र पाँच लाख संस्था र व्यक्तिलाई यो साइटमा रजिस्टर्ड गराई न्यूनतम पचास हजारलाई रोजगारी दिलाउने गरी कार्यक्रम सञ्चालन गरेको अध्यक्ष भट्टराईले बताए । विदेशमा दक्ष जनशक्ति उत्पादन गरी आउट सोर्सिङ्ग माध्यमबाट कम्पनीलाई उपलब्ध गराउने सिस्टम समेत रहेको र नेपालमा पनि कम्पनीले सोही योजना लिएर अगाडि बढेको उनले बताए ।

Top