
नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा सञ्चालन तथा सेवा प्रदायकको अनुमति रोकिएको छ।
नेपाल राष्ट्र बैंकले यस्तो अनुमति स्थगित गरिएको घोषणा गरेको छ।
आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले नयाँ अनुमति दिने कार्य स्थगन गरिएको घोषणा गरे।
उनले यसअघि अनुमति पाएका संस्थाले पनि २०७८ असार मसान्तसम्म ३ लाख ग्राहक नपुर्याए तथा मासिक औषत कारोबार संख्या ६ लाख नभएमा अनुमति खारेज गरिने जानकारी दिएका छन्।