विदेशबाट आएकालाई परीक्षण गरेर मात्रै पालिका पठाइने

काठमाण्डाै – सरकारले विदेशबाट आउने नेपालीमा काेराेना भाइरसकाे सङ्क्रमण भएकाे/नभएकाे परीक्षण गरेर मात्रै पालिकामा पठाउने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हवाइ मार्ग हुँदै आउने नेपालीलाई पाँच दिन होल्डिङ सेन्टरमा राखेर सबैको परीक्षण गर्ने र नेगेटिभ रिपोर्ट आएकालाई मात्रै सम्बन्धित पालिकामा पठाउने निर्णय गरेको छ ।

यस्तै स्थल मार्गबाट आउनेकाे पनि काेराेना परीक्षण गरेर मात्रै सम्बन्धित ठाउँमा पठाउने निर्णय भएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । मन्त्रालयले सिंहदरबारको सफाइमा संलग्न सफाइकर्मीको पनि परीक्षण गर्ने भएको छ ।

त्यस्तै नेपालमा पछिल्लाे २४ घण्टामा एक सय ५६ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ ।

देशभरका २७ वटा प्रयोगशालामा भएको परीक्षणमा एक सय ५६ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

Top