सन् २०२० मा नेपालको आर्थिक वृद्धि १.८ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण

काठमाडौं । विश्व बैंकले सन् २०२० मा नेपालको आर्थिक वृद्धि १.८ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ ।

नेपालको डेभलपमेन्ट अपडेट सार्वजनिक गर्दै विश्व बैंकले कोभिड १९ ले अर्थतन्त्रमा पारेको असरका कारण आर्थिक वृद्धि १.८ प्रतिशतमा सीमित हुने अनुमान गरेको छ ।

यसबाट पनि ०.५ प्रतिशत थप आर्थिक वृद्धि खुम्चिन सक्ने बैंकले जनाएको छ । सन् २०१९ मा ४.६ प्रतिशत रहेको मूल्यवृद्धि सन् २०२० मा ६.६ प्रतिशत पुग्ने प्रक्षेपण विश्व बैंकको छ ।

विश्व बैंकले सरकारले कोभिड १९ बाट प्रभावित अर्थतन्त्रको पुनस्र्थापनाका लािग गरेको प्रयास पर्याप्त नभएको पनि जनाएको छ ।

Top