साउदी अरबस्थित नेपाली दूतावास साउन २० गतेसम्मका लागि बन्द

काठमाडौं । कोरोना संक्रमणको असहज परिस्थितिले साउदी अरबमा रहेको नेपाली राजदूतावास साउन २० गते सम्मका लागि बन्द हुने भएको छ ।

दूतावासमा रहेका कर्मचारीहरु क्‍वारेन्टिनमा बस्नुपर्ने अवस्था भएकाले दूतावासले दिने सेवा बन्द भएको बिहिबार एक प्रेस विज्ञप्ति जारी गर्दे बताएको हो ।

यसैबीच ईद पर्वको लामो विदा समेत परेकोले नेपाली राजदूतावासले नेपाली कामदारहरुका सम्बन्धमा साउदी सरकारी कार्यालयबाट लिने सेवाहरु पनि सुचारु नहुने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

साथै दूतावासले स्वदेश फिर्तीसम्बन्धी उडानहरूको तालिका प्राप्त हुनासाथ नेपाली दूतावासले आफ्नो सामाजिक सञ्‍जालमा जारी गर्ने भएकोले अब हुने उडानहरुको बारेमा टेलिफोनबाट सोधिरहनु नपर्ने समेत बताएको छ ।

Top