बैंकमा २ सिफ्ट हट्यो, कर्मचारीले ८ घण्टा नै काम गर्नुपर्ने

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा सिफ्ट सिस्टम हटेको छ । योसँग अब बैंकका कर्माचारीले ८ घण्टा नै काम गर्नुपर्ने भएको छ ।

लकडाउन अन्त्य भएसँगै बैंक तथा वित्तीय संस्थाले सामान्य अवस्थामा झै पुराकार्य दिन कार्यालय सञ्चालन गर्नु पर्ने भएको हो ।

नेपाल राष्ट्र बैंकले बिहिबार एक परिपत्र जारी गर्दै बैंकिङ कारोबार गर्ने समयसम्म इजाजतपाप्त संस्थाहरुले अनिवार्य रुपमा आफ्नो कार्यालय खोली कारोबार सञ्चालन गर्न निर्देशन दिएको छ ।

राष्ट्र बैंकले यसअघि कोभिड– १९ को जोखिम न्यून गर्न तथा लकडाउनले सेवा दिन असहज भएको कारण बैंकहरुलाई आंसिक कार्यालय तथा सिफ्टमा कर्मचारी खटाउने निर्देशन दिउको थियो । अब भने बैंकहरुले राष्ट्र बैंकको बैंकिङ कार्यालयले तिकेको समयसम्म अनिवार्य कार्यालय सञ्चालन गर्नु पर्ने नियमन विभागका प्रमुख कार्यकारी निर्देशक देवकुमार ढकालले बताए । उनका अनुसार अबबाट बैंकहरुले सिफ्टमा कर्मचारी खटाउन पाउने छैनन् ।

बैंकहरुले कार्यालय सञ्चालन गर्दा कोभिड– १९ को जोखिमलाई न्यून गर्न स्वास्थ्य सुरक्षाका उपयाहरु भने अनिवार्य अपनाउनु पर्नेछ ।

यस्तै, बैंक तथा वित्तीय संस्थाले सेवाग्राहीको भिडभाड नहुने तथा दुरीकायम हुने गरी लामबद्ध हुने व्यवस्था मिलाएर सेवा प्रवाह गर्नका

सेवा दिएका बैंक तथा वित्तीय संस्थाले पनि सामान्य अवस्थामा झै सेवा दिनुपर्ने छ । साथै, विद्युतिय कारोबार थप प्रोत्साहन गर्नु पर्ने सो परिपत्रमा उल्लेख गरिएको छ ।

Top