मलेसियामा अलपत्र परेका ५५ जना नेपालीलाई हार्भेट मुनले निशुल्क नेपाल ल्याइदिने

मलेसियामा अलपत्र अवस्थामा रहेका ५५ जना नेपालीलाई नेपालको हार्भेट मुन टुर्स एण्ड ट्राभलले निशुल्क नेपाल ल्याइदिने भएको छ।

जेल र डिटेन्सन केन्द्रमा रहेकामध्ये ५५ जनालाई मलेसियाबाट नेपाल ल्याउन लागिएको सो ट्राभलले जनाएको छ। यही जुलाइ २९ तारिख मलेसियामा रहेका नेपालीहरु जहाज चार्टर गरेर स्वदेश फर्कदैछन ।

सोही मौकामा जेलमा बसेर कैद सजाय काटिसकेका ५५ जनालाई नेपालको हार्भेट मुन टुर्स एण्ड ट्राभलले निशुल्क स्वदेश लैजान लागेको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ। २९ तारिख जेल सजाय काटेर स्वदेश फर्कन नपाएका ७५ जना नेपाल आउदैँछन ।

Top