बिहे गरेर अमेरिका लैजाने प्रलाेभन देखाइ ठगी गर्ने २ युवती पक्राउ

काठमाण्डाै – बिहे गरेर अमेरिका लैजाने प्रलोभन देखाइ ठगी गर्ने दुई युवती पक्राउ परेका छन् ।

बाग्लुङको काठेखोला गाउँपालिका २ घर भइ भक्तपुरको सूर्यविनायक नगरपालिका भिलेज कोलोनीमा बस्ने कोपिला शर्मा र अमिसा केसीलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ । यसअघि उनीहरु रुपन्देहीको बुटवलमा लुकेर बस्दै आएकाे प्रहरीले जनाएको छ ।

फेसबुकलगायत सामाजिक सञ्जालमार्फत दुई युवतीले आफू अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएको र बिहे गरेपछि अमेरिका लैजाने भन्दै ठगी गरेको उनीहरुमाथि आरोप छ । उनीहरुले ६ लाख ६० हजार रुपैयाँ ठगी गरेको खुल्न आएको महाशाखाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिनुभएको छ .

Top