उपत्यकामा थप ५३ जनामा कोरोना सङ्क्रमण, काठमाण्डाैमा मात्रै ४८ सङ्क्रमित भेटिए

काठमाण्डाै – पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा ५३ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।

मङ्गलबार भएको नियमित प्रेस बिफ्रिङमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गाैतमले उपत्यकामा ५३ जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभएकाे हाे ।

सङ्क्रमितमध्ये काठमाण्डौका मात्रै ४८ जना छन् । यस्तै ललितपुरमा चार र भक्तपुरमा एक जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

नेपालमा पछिल्लो २४ घण्टामा तीन सय ११ जनामा कोरोनाकाे सङ्क्रमण पुष्टि भएको छ । कोरोनाका कारण अहिलेसम्म ४९ जनाको ज्यान गएको छ ।

अन्तिम अपडेट: साउन १३, २०७७

Top