एक्स्ट्रिक ४१२ ह्यास डायल गरेर आफ्नो र साथीभाइको पनि रिचार्ज गर्न सकिने

काठमाडौं । नेपाल टेलिकमले विभिन्न सेवाको रिचार्ज गर्न र नयाँ प्रिपेड सिम एक्टिभेट गर्न नयाँ व्यवस्था गरेको छ । टेलिकमका विभिन्न सेवाको टपअप गर्नका लागि यूएसएसडी एक्स्ट्रिक ४१२ ह्यास प्रयोग गर्न सकिने भएको हो ।

कम्पनीको जीएसएम मोबाइलबाट एक्स्ट्रिक ४१२ ह्यास डायल गर्दा रिचार्ज गर्नुपर्ने विभिन्न सेवा मेनुमा देखिन्छ । त्यसपछि त्यहाँ उल्लिखित सेवा नम्बरअनुसार छनौट गरी रिचार्ज गर्न सकिन्छ । यो सुविधाबाट आफ्नो मात्र नभई अन्य जुनसुकै नम्बरमा समेत रिचार्ज कार्ड प्रयोग गरी रिचार्ज गर्न पनि सकिन्छ ।

कम्पनीले उपलब्ध गराएका जीएसएम सेवा, सीडीएमए सेवा, ल्यान्डलाइन फोन सेवा, एफटीटीएच भ्वाइस सेवा, एफटीटीएच डाटा सेवा, एडीएसएल सेवा, वाइम्याक्स सेवा र सिप सेवाको टपअप यूएसएसडी कोड प्रयोग गर्न सकिन्छ ।

त्यसैगरी नयाँ सिम एक्टिभेट गर्न हाल १४१५ मा कल गरी फस्ट कल एक्टिभेसन (एफसीए) गर्दै आएकोमा ग्राहकको थप सुविधाका लागि कम्पनीले एक्स्ट्रिक १४१४ ह्यास डायल गरी एफसीए गर्न सकिने व्यवस्था मिलाएको छ । यसबाहेक नेपाल टेलिकम एप र कम्पनीको वेबसाइटमार्फत् पनि टपअप गर्न सकिन्छ ।

Top