बिहीबारदेखि खुल्दै पर्यटकीय व्यवसाय, होटल पनि खुल्ने

काठाण्डाै – गएकाे चैत ११ गतेदेखि बन्द रहेका पर्यटकीय व्यवसाय बिहीबारदेखि खुल्दैछन् । साउन ६ गतेको मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार साउन १५ गते अर्थात् बिहीबारदेखि ट्राभल, ट्रेकिङ, पर्वतारोहणलगायतका व्यवसाय खुला हुनेछन् ।

अहिले यी व्यवसायीले पर्यटकीय सिजनको लागि अग्रिम बुकिङ र अन्य तयारी गर्ने र कोरोनाको सङ्क्रमण कम हुँदै गएपछि पर्यटकका लागि खुला गर्ने सरकारले जनाएको छ ।

यस्तै बिहीबारदेखि नै होटल तथा रेस्टुरेन्ट पनि खुल्दैछन् । तर होटल तथा रेस्टुरेन्टमा सामूहिक भोज र समारोह गर्न पाइने छैन । यस्तै होटल सञ्चालनको लागि सरकारले बनाएको निर्देशिकाको पूर्ण पालना हुनुपर्नेछ ।

Top