यस्तो छ खाडी मुलुक साउदी अरबको पछिल्लो कोरोना अपडेट

काठमाडौं । कोरोनाका कारण अहिले सारा विश्व नै त्रस्त छ । यो समाचार तयार पार्दासम्म कोरोनाको कारण विश्वभर ६ लाख ६६ हजार ७० जना मानिसको मृत्यु भइसकेको छ ।

१ करोड ७० लाख ३२ हजार १ सय ७८ जना मानिसमा कोरोना संक्रमण देखिएको छ । त्यस्तै विश्वभर स्वास्थ्य लाभ गरी घर फर्कनेको संख्या १ करोड ५ लाख ५६ हजार ६ सय ५८ जना रहेका छन् ।

खाडी मुलुक साउदी अरबमा कोरोनाको कारण २ हजार ८ सय १६ जना मानिसको ज्यान गइसकेको छ । भने २ लाख ७२ हजार ५ सय ९० जनामा कोरोना संक्रमण देखिएको छ ।

बितेको २४ घण्टामा मात्रै साउदी अरबमा २७ जनाको कोरोना संक्रमणका कारण ज्यान गइसकेको छ भने आजै १ हजार ७ सय ५९ जनमा कोरोना संक्रमण पुष्टि भएको छ । साउदी अरबमा २ लाख २८ हजार ५ सय ६९ जना कोरोना मुक्त भएर घर फर्केका छन् भने २ हजा ६३ जनाको अवस्था गम्भिर रहेको छ ।

Top