सगुनको आइपिओले स्वीकृति पाएको छैन : स्वीकृत नभएका कम्पनीको आइपिओ नभर्न सेबोनको आग्रह Abroad NRN Technology by Remit Khabar - 31/07/202031/07/20200 काठमाडौं। आफूले स्वीकृति नदिएका कम्पनीहरुको आइपिओमा सहभागी नहुन नेपाल धितोपत्र बोर्डले लगानीकर्ताहरुलाई आग्रह गरेको छ। बोर्डले सगुन इन्कर्पोरेसनले जारी गरेको आईपिओका लागि आफूले अनुमति नदिएको पनि स्पष्ट पारेको छ। सूचना जारी गर्दै बोर्डले अनुमति प्राप्त नगरेका कम्पनीहरुको निष्कासन तथा योजनाहरुको विज्ञापन तथा सूचना प्रकाशन र सम्प्रेषण नगर्न पनि आग्रह गरेको छ। नेपालमा धितोपत्रको निष्कासन गर्नु अघि बोर्डमा दर्ता गराउनुपर्ने व्यवस्था छ। बोर्डको दफा २९ (१) मा संगठित संस्थाले एकपटकमा ५० जनाभन्दा बढी व्यक्तिहरुलाई धितोपत्र बिक्री वितरण गर्ने भएमा त्यस्तो धितोपत्रको बिक्री वितरणका निमित सार्वजनिक निष्कासन गर्नुपर्नेे व्यवस्था छ। बोर्डको अनुमतिबिना नेपालमा धितोपत्र निष्कासन गर्नु गैर कानुनी हुने र यसले लगानीकर्ताको हित संरक्षण नहुने भन्दै बोर्डबाट स्वीकृति पाएका निष्कासन तथा योजनामा मात्र सहभागी हुन बोर्डले सुझाव दिएको छ ।