‘मेरो सेयर’को एकाउन्ट नवीकरण अब ई-सेवाबाट

काठमाडौं । सेयर कारोबार तथा आईपीओमा लगानी गर्ने लगानीकर्ताले ‘मेरो सेयर’ एकाउन्ट नवीकरणको भुक्तानी ई-सेवाबाट गर्न सक्ने भएका छन् ।

यसअघि डिम्याट एकाउन्ट नवीकरण तथा ब्रोकरको रकम अनलाइनबाट भुक्तानी गर्न सकिने सेवा दिएको ई-सेवाले मेरो सेयरको एकाउन्ट नवीकरण पनि अनलाइनबाटै गर्न सकिने सेवा दिएको जनाएको छ । लगानीकर्ताले रियल टाइममै आफ्नो मेरो सेयर एकाउन्टको नवीकरण गर्न सकिने ई-सेवाका सिनियर बिजनेस डेभलपमेन्ट अफिसर साजन महर्जनले बताए ।

ई-सेवामा नेपालमा रहेका सबै क्यापिटल, सेयर ब्रोकर आबद्ध छन् । ई-सेवा नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी हो ।

ई-सेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानीका साथै मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानीलगायत शुल्क भुक्तानी गर्न सकिन्छ ।

Top