कोरोना कहर : प्रचण्डको सुरक्षामा खटिएका ६ प्रहरीमा संक्रमण पुष्टि

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सुरक्षामा खटिएका ६ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

बिहीबार आएको रिपोर्टमा ६ प्रहरीको रिपोर्ट पोजेटिभ देखिएपछि उनीहरुलाई अस्पताल भर्ना गर्न लागिएको प्रहरी स्रोतले जनाएको छ ।

दाहालको सुरक्षामा कार्यरत सबै सुरक्षाकर्मी तथा निवासका अन्य कर्मचारीको समेत परीक्षण गरिएको थियो ।
जसमा ६ जना प्रहरीमा संक्रमण पुष्टि भएको स्रोतले जनाएको छ ।

Top