बहराइनबाट ईसेवामार्फत् पैसा पठाउन सकिने, बीएफसीसँग भयो सम्झौता

काठमाडौं । ईसेवा मनी ट्रान्स्फरबीच रेमिट्यान्स् सेवा सुरु भएको छ । ईसेवाले बहराइनमा रेमिट्यान्स् क्षेत्रमा ख्याती प्राप्त मनि ट्रान्सफरसँग सेवा सुरु गरेको हो ।

यो सेवा सुरु भएसँगै बहराइनमा रहेका नेपालीले बीएफसीका ५५ वटा शाखा र बीइफसीको मोबाइल एपबाट नगद, कुनै पनि बैंक खाता वा ईसेवा वालेटमा पैसा पठाउन सक्नेछन् ।

नगदमा पठाइएको पैसा सीधै ईसेवा वालेटमा प्राप्त गर्दा ग्राहकलाई ५५ रुपैयाँ क्यास ब्याक अफर पनि दिइएको कम्पनीले जनाएको छ ।

Top