भारतबाट श्रम गर्न नेपाल आउन नपाइने News Rojgar by Remit Khabar - 11/08/20200 २७ साउन, काठमाडौं । सरकारले भारतबाट श्रम गर्न नेपाल प्रवेश गर्न रोक लगाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । कोरोना जोखिमकै बेलामा सीमा क्षेत्रमा मानवीय आवाजावत बढ्दा संक्रमण फैलिएकाले यस्तो निर्णय गरिएको प्रवक्ता खतिवडाले प्रष्ट्याए । भारतसँग सीमा जोडिएको जिल्लामा बढ्दो आवाजावतले जोखिम बढेको सरकारको दाबी छ ।