
काठमाडौं । भारतमा २४ घण्टामा ६० हजारभन्दा धेरै कोरोना संक्रमित थपिएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार भारतमा पछिल्लो २४ घण्टामा ६० हजार ९६३ कोरोना संक्रमित थपिएका छन् हुन् ।
भारतमा हालसम्म कोरोना संक्रमितको संख्या २३ लाख २९ हजार ६३८ पुगिसकेको छ भने ४६ हजार ९१ को ज्यान गइसकेको छ ।
ad
ad
पछिल्लो २४ घण्टामा मात्रै ८३४ कोरोना संक्रमितको मृत्यु भएको छ ।
विश्वमा कोरोना संक्रमितको संख्या २ करोड १ लाख ६२ हजार ४७४ पुगेको छ भने ज्यान गुमाउनेको संख्या ७ लाख ३७ हजार ४१७ पुगेको छ ।