कोरोनाविरुद्धको भ्याक्सिन उत्पादन सुरु Abroad Corona Technology by Remit Khabar - 15/08/20200 एजेन्सी, ३१ साउन । रुसले कोरोना भाइरसविरुद्धको भ्याक्सिनको उत्पादन सुरु गरेको जनाएको छ । रुसको स्वास्थ्य मन्त्रालयले यो महिनाको अन्त्यसम्ममा भ्याक्सिन लगाउन सुरु गरिने एउटा विज्ञप्तिमार्फत् जानकारी गराएको छ। बीबीसीका अनुसार रुसमै स्वतन्त्र रूपमा गरिएको एउटा जनमत सर्वेक्षणले विश्वास नभएको भन्दै करिब आधा जति चिकित्सकहरू भ्याक्सिन लगाउन तयार नरहेको देखाएको छ। केही दिन अगाडि रुसी नियामकले देशमै विकास गरिएको कोरोनाभाइरस विरुद्धको भ्याक्सिनलाई स्वीकृति दिएको जनाएको थियो। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नयाँ भ्याक्सिनले परीक्षणसम्बन्धी आवश्यक सबै विधिहरू पूरा गरेको र आफ्नी छोरीले नै भ्याक्सिन लगाइसकेको बताएका थिए। यता पनि : विश्वमै पहिलो पटक बनाइएको कोरोना भ्याक्सिनको विश्वसनियतामा शंका गरिएपछि रूसले गर्यो खण्डन