‘सकेसम्म बैंकसम्म नजानु, अनलाइन कारोबार गर्नु’ Corona News Technology by Remit Khabar - 18/08/20200 नेपाल बैंकर्स संघले डिजिटल कारोबार गर्न जोड दिँदै बेंकको शाखाहरुमा सकेसम्म नजान अनुरोध गरेको छ । एक विज्ञप्ति मार्फत संघले अत्यावश्यक अवस्थामा बाहेक बैंकको शाखामा नजान भनेको हो । इन्टरनेट बैंकिङ्ग र मोवाइल बैंकिङ मार्फत काम गर्न भनेको छ । संघले विज्ञप्तिमा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को प्रभावबाट बच्न तथा जोखिमहरु न्यूनिकरणका लागि विद्युतीय कारोबारलाई प्राथमिकता दिन आग्रह गरेको हो । एउटा खातावाट अर्को कुनै खातामा रकम जम्मा गर्न, विभिन्न बिलहरु भुक्तानी गर्न, आफ्नो खाताको कारोबार विवरण हेर्न आदि काम गर्न बैंक आउन नपर्ने जनाएको छ । डिजिटल बैकिङ्ग प्रयोग गर्न कुनै पनि प्राबिधिक समस्या भएमा, पासवर्ड बिर्सिएमा वा अन्य कुनै अफ्ठ्यारो परेको खण्डमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाको शखामा फोन गरेर समस्या समाधान गर्न संघले आग्रह गरेको छ ।