सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा अब ब्रुनाईबाट पनि

काठमाडौं, २ भदौ । ब्रुनाईको ख्यातिप्राप्त सिआम्मली रेमिटेन्स र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटान्स सम्झौता भएको छ ।

यो सम्झौतासँगै ब्रुनईमा रहेका नेपालीहरुले सिआम्मली रेमिटेन्सको सेवा प्रयोग गरी सिटी एक्सप्रेसमार्फत् अब सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् ।

त्यस्तै, नेपालमा सिटी एक्सप्रेससँग आवद्ध ८ हजार ५ सयभन्दा बढी एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने, नेपालको जुन सुकै बैंकको खातामा रकम जम्मा गर्न र मोबाइल वालेटमा लोड गर्न सकिने सिटी एक्प्रेसले जनाएको छ ।

उक्त सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र सिआम्मली रेमिटेन्सको तर्फबाट संस्थाका निर्देशकले हस्ताक्षर गरेका छन् ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १४ वर्षदेखि कोरिया, जापान, कतार, साउदी, कुवेत, मलेसिया, अष्ट्रेलिया आदि थुप्रै देशहरुमार्फत् विप्रेषण सेवा प्रदान गर्दै आईरहेको छ ।

आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका ८५०० भन्दा बढी भुक्तानी काउन्टरहरुबाट छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आईरहेको छ ।

Top