खल्तीबाट एनआईसी एशिया बैंकको ऋणका लागि आवेदन दिन सकिने

काठमाडौं । बैंक ऋण लिन चाहने ग्राहकले खल्ती डिजिटल वालेटमार्फत एनआईसी एशिया बैंकको सुपर चमत्कारिक कर्जाका लागि आवेदन दिन पाउने भएका छन् ।

एनआइसी एशिया बैंकले ८।२५ प्रतिशत बार्षिक ब्याजदरमा ४८ घण्टामै कर्जाको निर्णय गर्ने गरी घर, सवारी र व्यवसाय कर्जा योजना ल्याएको छ । ती कर्जामा अन्य बैंकका कर्जा पनि स्वाप गर्न मिल्ने, पहिलो बर्ष ब्याजदर परिवर्तन नहुने, प्रशासनिक शुल्क शून्य दशमलव २५ प्रतिशतमात्रै लाग्ने जस्ता विशेषता रहेको बैंकले जनाएको छ ।

खल्ती डिजिटल वालेटका प्रयोगकर्ताले वालेटमा रहेको एनआइसी एशिया बैंक सुपर चमत्कारिक कर्जाको आइकनमा ट्याप गरेर ती तीन प्रकारका कर्जामध्ये आफूलाई चाहिएको कर्जाका लागि आवेदन दिन सक्ने जनाइएको छ ।

खल्तीले एपमार्फत ऋण लिन चाहने बैंकका ग्राहकको आवेदन संकलन गर्ने मात्रै काम गर्ने छ । संकलित आवेदनहरू थप प्रक्रियाका लागि एनआइसी एशिया बैंकमा पठाइदिने जनाइएको छ ।

Top