कृषि विकास बैक र इसेवा मनि ट्रान्सफर बीच भुक्तानी सम्झौता

कृषि विकास बैक र इसेवा मनि ट्रान्सफर बीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ ।

सम्झौता सँगै अब इसेवा मनि ट्रान्सफर मार्फत विदेशबाट नेपाल पठाएको रकम कृषि विकास बैंकका नेपालभर रहेका कुनै पनि शाखाबाट रुपमा भुक्तानी लिन सकिने छ ।

बैंककातर्फबाट उपमहाप्रवन्धक यज्ञप्रकाश न्यौपाने र इसेवा मनि ट्रान्सफरको तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक अजेश कोईरालाले हस्ताक्षर गरेका छन्।

Top