जापानले विदेशी विद्यार्थीहरूको लागि प्रवेश प्रतिबन्ध सहज पार्ने !

टोकियो जापानले विदेशी विद्यार्थी प्रवेशमा लगाइएको प्रतिबन्ध सहज पार्ने भएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको प्रसार रोक्न लगाइएको प्रतिबन्ध यही अगष्ट महिनाको अन्त्यसम्ममा हटाउने तयारी गरेको हो । क्योदोन्यूजले उल्लेख गरेको समाचार अनुसार जापानमा बस्न अनुमति पाएका विदेशी नागरिकलाई पुनः प्रवेशमा लगाइएको प्रतिबन्ध पनि सेप्टेम्बर महिनामा जतिसक्दो चाँडो खुला गरिनेछ ।
सबैभन्दा पहिले जापान सरकारले प्रायोजन गरेका विदेशी नागरिकको लागि प्रवेश खुला गरिनेछ । त्यसपछि आफ्नै खर्चमा पढ्न जाने विद्यार्थीले प्रवेश पाउनेछन् ।

जापान प्रवेश गर्ने सबै विदेशीहरुले पोलिमरेज चेन रिएक्सन टेस्ट गराउनुपर्नेछ ।
साथै जापान प्रवेश गर्ने बेला आफूहरु भाइरसबाट संक्रमित नभएको प्रमाण पेश गर्नुपर्नेछ ।
जापान प्रवेश गरिसकेपछि पनि उनीहरु २ हप्ताको लागि सेल्फ आइसोलेसनमा बस्नुपर्नेछ

Top