कुवेतमा जारी कर्फ्यू आगामी साता हट्ने, नेपालसहित ३१ देशको प्रतिबन्ध नहट्ने Abroad Corona Rojgar by Remit Khabar - 23/08/20200 कोरोना भाइरसको संक्रमण बढेपछि कुवेत सरकारले विभिन्न चरणमा लगाएको कर्फ्यू हटाउने भएको छ । पाँच महिनादेखि लगाइएको कर्फ्यू आगामी साताबाट हटाइने कुवेत सरकारले जनाएको छ । यही अगष्ट ३० तारिख बिहान ३ बजेबाट कर्फ्यू हटाइए पनि नेपालसहितका विभिन्न ३१ मुलुकमाथिको प्रतिबन्ध भने कायमै रहने भएको छ । कुवेतले नेपालसहित ३१ वटा देशका नागरिकहरुलाई तत्कालका लागि कुवेत प्रवेश गर्न नदिने भएको छ । प्रतिबन्ध लगाइएका देशका नागरिकले निषेध नगरिएका मुलुकमा १४ दिन बसेर आएको खण्डमा भने कुवेत प्रवेशमा अनुमति दिइने जनाइएको छ । तर, प्रतिबन्ध लगाइएका ३१ देशहरूमा कोरोना नियन्त्रणको स्थितिलाई हेरेर हरेक १०/१० दिनमा प्रतिबन्ध हेरफेर गर्न सक्ने कुवेत सरकारले जनाएको छ । कुवेतमा कोरोना भाइरसको संक्रमणपछि जारी गरिएका विभिन्न खाले प्रतिबन्धले रोजगारी गुमाएका तथा कार्यअबधि पूरा गरेका नेपाली श्रमिक स्वदेश फर्कन सकेका छैनन् । कुवेतमा करिव ५० हजार नेपाली श्रमिक कार्यरत छन् ।