सुनको भाउ तोलामा ७ सय रुपैयाँ घट्यो

काठमाण्डौ – सुनको भाउ आज तोलामा ७ सय रुपैयाँ घटेको छ ।

सुनको भाउ आज तोलाको ९७ हजार २ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो तोलामा ५ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९७ हजार ९ सय रुपैयाँ थियो । चाँदीको भाउ भने आज घटबढ भएको छैन ।

चाँदी आज पनि तोलाको एक हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

Top