गर्मीले टोकियोमा थप २२ को निधन, अगष्टमा मात्रै मृत्यु हुनेको संख्या १७० पुग्यो Abroad News by Remit Khabar - 25/08/20200 गर्मीले टोकियोमा थप २२ को निधन, अगष्टमा मात्रै मृत्यु हुनेको संख्या १७० पुग्यो टोकियो टोकियोमा बढेको उच्च तापक्रमका कारण पछिल्लो नौ दिनमा २२ जनाको निधन भएको छ । योसँगै टोकियोमा अत्याधिक रुपमा बढेको तापक्रमका कारण अगष्ट महिनामा मात्रै मृत्यु हुनेको संख्या १७० पुगेको छ । साथै, मृत्यु हुने २२ मध्ये २१ जनाको घर भित्रै ज्यान गएको छ जसमध्ये २० जनाले एयर कन्डिसनर प्रयोग नगरेकोले मृत्यु भएको जापानी संचारमाध्यमले उल्लेख गरेका छन् । जापानको भूगर्भ विभागले त्यहाँ बढेको उच्च तापक्रमले गर्मीका बारेमा चिन्ता बढाएको जनाएको छ। गर्मीका कारण प्रभावित हुनेमा धेरै वृद्धवृद्धा र बालबालिकाहरु रहेको बताइएको छ। जापान सरकारले मानिसहरुलाई धेरै मात्रामा पानी पिउन, एयर कन्डिसनरको प्रयोग गर्न र बेलाबेलामा आराम गर्न पटक पटक सुझाव दिदै आइरहेको छ