कुवेतले नेपाली श्रमिकहरुको भिसा अवधि पुनः ३ महिना थप गर्ने

काठमाडौं- कुवेतले कोरोनाका कारण भिसा अवधि सकिएका तर स्वदेश फर्कन नपाएका श्रमिकहरुका लागि ३ महिना भिसा अवधि थप गरिदिने भएको छ।

यसअघि पनि १ मार्च २०२० यता भिसा समाप्त भई कुवेतमा रहँदै आएकाहरुका लागि ३ महिना भिसा अवधि थप गरेको थियो। ३१ अगस्टसम्मका लागि थपिएको उक्त भिसाको म्याद पुनः गुज्रिने बेला भएको छ। तर पनि कोरोना महामारीका कारण नेपाली श्रमिकहरु स्वदेश फर्कन पाएका छैनन्। जसले गर्दा भिसा अवधि सकिएका तर स्वदेश फर्कन नपाएका श्रमिकहरुको भिसा अवधि पुनः ३ महिना थपिदिने निर्णय कुवेत सरकारले गरेको हो।

कुवेत सरकारले ३० नोभेम्बर २०२० सम्म भिसा थपिदिने निर्णय गरेको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ।

Top