मलेसियाले लगायो सन् २०२० को अन्त्यसम्म पर्यटकका लागि प्रतिबन्ध Abroad Corona News by Remit Khabar - 31/08/20200 मलेसियाले विदेशी पर्यटकका लागि लगाएको प्रतिवन्ध थप लम्ब्याएको छ । कोरोना महामारी फैलिएको देशबाट आउने पर्यटकको प्रवेशमा सन् २०२० को अन्तिमसम्म प्रतिबन्ध लम्ब्याएको द एशोसियटेड प्रेसले खबर लेखेको छ । मलेसियाले कोरोना सङ्क्रमण रोकथामका लागि लगाइएको आवागमन प्रतिबन्ध पनि लम्ब्याउँदै पर्यटकको प्रवेशमा पनि निषेध लगाएको हो । मलेसियाका प्रधानमन्त्री मुहीद्धिन यासिनले एक विश्वभरी नै कोरोना सङ्क्रमितहरुको सङ्ख्या बढिरहेकाले अन्तरदेशीय आवतजावतमा निषेध गरिएको बताउनुभएको छ । मलेसियामा पनि विस्तारै सङ्क्रमण बढिरहेकाले थप सतर्कता अपनाउनुपर्ने बताउनुभएको छ । तर सावधानीका साथ मलेसियामा आर्थिक गतिविधि भने सञ्चालन भइरहेको छ । व्यापार र स्कुलहरु खुलेका छन् । दैनिक क्रियाकलापमा प्रतिबन्धभन्दा पनि नाइटक्लब र मनोरञ्जन केन्द्रहरु र अन्तर्राष्ट्रिय खेलहरुमा भने मलेसियाले प्रतिबन्ध लगाएको छ । मलेसियाले कोरोनाबाट बच्न मास्क अनिवार्य लगाउनुपर्ने, दूरी कायम गर्नुपर्ने, सेनिटाइजर लगाउनु पर्ने लगायतका नियमहरु कडाईका साथ कार्यान्वयन गरेको छ । मलेसियाले सीमाहरु पनि बन्द गरेको छ भने प्रवेश गर्नेहरुलाई क्वरेण्टीनमा बस्नुपर्ने व्यवस्था अनिवार्य गरेको छ । मलेसियामा अहिलेसम्म ९ हजार ३३४ जनामा कोरोना सङ्क्रमण देखिएको छ भने ९ हजार ४८ जना निको भएका छन् । अहिले १६० जना अस्पतालमा उपचार गराइरहेका छन । मलेसियामा अहिलेसम्म १२६ जनाको कोरोनाको कारण ज्यान गएको छ । अहिलेसम्म मलेसियामा कार्यरत ८१ जना नेपाली कोरोना सङ्क्रमित भएको र उनीहरु सबैजना निको भएको जनाइएको छ ।