नेपाली रुपैयाँ सर्वाधिक कमजोर, डलर ११४ रुपैयाँ २४ पैसा पुग्यो News by Remit Khabar - 04/09/201804/09/20180 काठमाडौं। अमेरिकी डलरको भाउ ११४ रुपैयाँ २४ पैसा पुगेको छ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि एक डलरको भाउ ११३ रुपैयाँ ८९ पैसा तोकेको हो। मंगलबार नै भाउ बढेर ११४ रुपैयाँ २४ पैसा पुगेको हो। अन्तर्राष्ट्रिय बजारमा डलरको माग बढेपछि नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर देखिएको हो। डलरको भाउ ११५ रुपैयाँसम्म पुग्ने अनुमान गरिएको छ। भारतले पेट्रोलियम पदार्थको स्टक बढाउन डलर खर्च गरिरहेकाले त्यसको असर नेपाली बजारमा देखिएको हो। भारुसँग स्थिर विनिमय दर भएका कारण त्यहाँको प्रभाव नेपाली रुपैयाँमा परेको हो। १०० भारु बराबर नेपाली १६० रुपैयाँको स्थिर विनिमय दर छ। भारतको अर्थतन्त्रमा अलिकति तलमाथि हुँदा त्यसको प्रत्यक्ष असर नेपाली बजारमा पर्छ। डलर उक्लिँदा आयातित सबै बस्तु तथा सेवा महँगिन्छ।