साउदी अरेबियाले इजरायल र युएईलाई आफ्नो आकाश प्रयोग गर्न दिने Abroad News Policy by Remit Khabar - 06/09/20200 साउदी अरेबियाले इजरायल र युनाइटेड अरब ईमिरेट्सलाई अफ्नो आकाशबाट हवाई उड्डयन गर्न दिने भएको छ। सो विषयमा इजरायल र युनाइटेड अरब ईमिरेट्स्सँग साउदी अरेबियाले सहमति जनाएको बताइएको छ। इजरायलको टाइम्स पत्रिकाले सउदी अरेबियाको समाचार समितिलाई उद्धृत गर्दै दिएको समाचारमा सो कुरा उल्लेख गरिएको छ। उक्त पत्रिकाले बिहीबार दिएको समाचारमा युनाइटेड अरब ईमिरेट्स र इजरायलका जहाजहरूलाई उडानका लागि आफ्नो आकाश प्रयोग गर्न दिने विषयमा साउदी अरेबियाले सहमति गरेको उल्लेख गरेको छ। हालैमात्र इजरायल र युनाइटेड अरब ईमिरेट्स्ले साउदी अरेबियालाई यो अनुमतिका लागि विशेष अनुरोध गरेका थिए। सो अनुमतिको पक्षमा अमेरिकाले पनि साउदी अरेबियालाई भनेको बताइएको छ। गत महिनामात्र पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युनाइटेड अरब ईमिरेट्स् र इजरायलले आगामी केही समयभित्र नै साउदी अरेबियासँगको सम्बन्धमा सुधार ल्याउने अपेक्षा गरिएको धारणा सार्वजनिक गरेका थिए। यस विषयमा अर्थात् यी तीन देशको सम्बन्धको सुधारका पक्षमा अमेरिकाको मध्यस्थतामा युनाइटेड अरब ईमिरेट्स्, इजरायल र साउदी अरेबियाबीच गएको अगष्ट १३ मा एक सहमति भएको थियो। सोही सहमति पत्रमा हस्ताक्षर भए बमोजिम नै साउदी अरेबियाले यो निर्णय बिहीबार गरेको बताइएको छ। ती तीन देशले संयुक्त रुपमा बिहीबार प्रकाशन गरेको विज्ञप्तिमा भनिएको छ कि यो सहमति ती ३ तीन देशकाबीचमा भएको छ र यो एक साहसिक निर्णय हो। साथै यस संयुक्त विज्ञप्तिमा यो साहसिक निर्णयले मध्यपूर्वको विकास, सम्मृद्धिका साथै यहाँको स्थायित्वका लागि पनि निकै नै सकारात्मक प्रभाव पार्नसक्ने धारणा उल्लेख गरिएको छ।