काठमाण्डाै उपत्यकामा काेराेना सङ्क्रमितकाे सङ्ख्या ८ हजार ५८० पुग्याे

काठमाण्डाै – गएको २४ घण्टामा काठमाण्डौ उपत्यकामा तीन सय २६ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाण्डौमा दुई सय ९३, भक्तपुरमा १३ जना र ललितपुर २० जनामा कोरोनाकाे सङ्क्रमण पुष्टि भएको हो । योसँगै काठमाण्डाै उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या आठ हजार पाँच सय ८० पुगेको छ ।

अहिलेसम्म काठमाण्डाैमा ६ हजार नौ सय १७, ललितपुरमा नौ सय ३९ तथा भक्तपुरमा सात सय २४ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

केही दिनयता काठमाण्डाै उपत्यकासहित काेराेना सङ्क्रमणकाे उच्च जाेखिम देखिएका जिल्लामा निषेधाज्ञा र लकडाउन घाेषणा गरिएकाे छ । काठमाण्डाै उपत्यकाकाे निषेधाज्ञा पनि लम्ब्याएर भदाै २४ गतेसम्म पुर्‍याइएकाे छ ।

Top