बैंकका संचालक र उच्च तहका कर्मचारीले व्यक्तिगत कर्जा निकाल्न नपाउने

बैंकका उच्च पदाधिकारी र उच्च तहका कर्मचारीले बैंकबाट कर्जा निकाल्नमा कडाई गरिएको छ । बैंक संचालक समितिका अध्यक्ष, सदस्यहरु तथा प्रमुख कार्यकारी अधिकृतसहित व्यबस्थापन टिममा कार्यरत उच्च तहका कर्मचारीहरुले बैंकबाट व्यक्तिगत कर्जा लिन नपाउने भएका हुन् । यसअघि बैंकका सञ्चालक समिति सदस्यहरु र सीईओले तोकिएका बाहेक शिर्षकमा मात्रै कर्जा पाउँथे । अन्य व्यक्तिगत कर्जा भने नपाउने व्यवस्था थियो । नेपाल राष्ट्र बैंकले संसोधन गरी नयँ जारी गरेको एकीकृत निर्देशीकाले यस्तो व्यबस्था गरेको हो । राष्ट्र बैंकले एकीकृत निर्देशीका २०७६ को मंगलबार संसोधन गरी नयाँ व्यबस्था ल्याएको हो । गरेको हो । निर्देशीकामा उल्लेख गरिए अनुसार ‘इजाजतपत्रप्राप्त संस्थाका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा उच्च व्यवस्थापन तहको पदाधिकारीले शिक्षा कर्जा, हायर पर्चेज कर्जा, घर कर्जा, वा घरायसी प्रयोजनका सामग्री कर्जाबाहेक निजहरुको व्यक्तिगत नाममा अन्य कुनै किसिमका कर्जा लिन पाउने छैनन्’

Top