मोटरसाइकल कार्यालय आइतबारदेखि खुल्ने, दर्ता र नामसारी भने जोरबिजोर अनुसार

काठमाडौं–उपत्यकामा जारी निषेधाज्ञाका कारण बन्द रहेको यातायात व्यवस्था कार्यालय मोटरसाइकल सतुंगल आइतबारदेखि खुल्ने भएको छ। कार्यालय एक सूचना प्रकाशित गर्दै आइतबारदेखि सेवा सुरू हुने जनाएको हो।

भदौ ३ देखि उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीले कोरोना भाइरस संक्रमण बढेसँगै जारी गरेको निषेधाज्ञाका कारण अत्यावश्यक बाहेकका सबै सेवा बन्द थिए। बिहीबारदेखि निषेधाज्ञा खुकुलो बनाउने निर्णय भएको थियो। उक्त निर्णय आएसँगै मोटरसाइकल कार्यालयले आइतबारदेखि सेवा पुनः सुरू गर्ने बताएको हो।

चैत ११ देखि लागू गरिएको लकडाउनसँगै बन्द भएका कार्यालयहरू असार १ देखि लकडाउन खुकुलो भएसँगै खुलेका थिए। निषेधाज्ञा जारी भएपछि पुनः बन्द भएको थियो।

Top