बीओकेको क्रेडिट कार्ड प्रयोगकर्ताले किस्ताबन्दीमा घरायसी उपकरण किन्न पाउने

बैंक अफ काठमाण्डू (बीओके) ले इलेक्ट्रोनिक्स सामानहरु शून्य प्रतिशत ब्याज दरमा किस्तामा उपलब्ध गराउने भएको छ । आउँदो चाडपर्वलाई लक्षित गरी ल्याएको किस्ताबन्दी स्किममा बैंकका क्रेडिट कार्ड बाहकहरुले भाग लिन पाउने छन् ।

सीजी, एलजी, गोदरेज, टीसीएल, सेन्सेइ, एलिका, केन्ट तथा ब्ल्याक एण्ड डेकोर ब्रान्डको घरायसी विद्युतीय उपकरणहरु सरल किस्ताबन्दीमा खरिद गर्न सकिने बैंकले विज्ञप्तिमा उल्लेख गरेको छ । ग्राहकले टीभी, मोबाइल, म्युजिक सिस्टम, लुगाधुने मेसिन, एसी, माइक्रोवेभ, भ्याकुम क्लिनर, डिसवासर, स्टेलर, वाटर प्युरिफायर सिस्टम, चिम्नी र किचन एप्लाइन्स किस्ताबन्दीमा खरिद गर्न सक्ने छन् ।

यो योजनाबाट बैंकको क्रेडिट कार्डको प्रयोग गरी किस्ताबन्दीमा घरायसी विद्युतीय उपकरण खरिद गर्दा ग्राहकलाई ब्याज लाग्ने छैन । किस्ताबन्दीमा सामान उपलब्ध गराउन बैंक र सीजी डिजिटल प्रालिबीच ब्यापारिक सम्झौता भएको छ ।

Top