माछापुछ्रे बैंक र ओम एक्सप्रेस पेमेन्ट बिच रेमिट्यान्स सम्झौता

काठमाडौ। माछापुछ्रे बैंक लिमिटेड र भारत स्थित ओम एक्सप्रेस पेमेन्ट सर्भिसेज बिच रेमिट्यान्स सम्झौता भएको छ।

रोजगारी तथा अन्य सिलसिलामा भारतमा रहेका नेपालीहरुले नेपालमा पैसा पठाउन सहजहोस् भन्ने उद्धेश्यले रेमिट्यान्स सम्झौता भएको हो ।

उक्त सम्झौतापश्चात भारतमा रहेका नेपालीहरुले त्यहाँ स्थित ओम एक्सप्रेस पेमेन्ट सर्भिसेज संग सम्पर्क गरि भारतका जुनसुकै स्थानबाट नेपालमा सहज रुपमा पैसा पठाउन सक्नेछन् ।

यसरी पठाएको पैसा नेपालमा रहेका माछापुच्छ्रे बैंकका १५९ शाखा कार्यालयहंरु तथा १० हजार भन्दा बढि रेमिट्यान्स एजेन्टहरु मार्फत सहजरुपमा प्राप्त गर्न सक्नेछन् ।

ओम एक्सप्रेस पेमेन्ट सर्भिसेज संग सहकार्य गरि माछापुच्छ्रे रेमिट्यान्स मार्फत नेपालमा पैसा पठाउदा कम शुल्क लाग्नेछ ।

यस माछापुछ्रे बैंकको पुर्व देखि पश्चिम साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १५९ वटा शाखाहरु, १३३ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टर समेत गरी जम्मा २९२ स्थानमा रहेका सेवा सञ्जाल तथा १९९ वटा एटीएमहरु तथा १ हजार भन्दा बढी पिओएस मार्फत बाट ग्राहकहरुलाई सम्पुर्ण बैंकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ ।

Top