सुरुवातमा उछाल आएको नेप्से सामान्य बढेर बन्द, बैंकिङमा लगानीकर्ताको आकर्षण

काठडमौं । सेयर बजार बढ्ने क्रमले आइतबार पनि निरन्तरता पाएको छ । साताको पहिलो दिन सेयर बजार परिसूचक नेप्से सामान्य बढेको छ । आइतबार नेप्से ३.७५ अंकले बढेर १५७५.१८ अंकमा बन्द भएको छ ।

आइतबार प्रि-ओपनिङ सेसनमा नै २२ अंकले बढेको नेप्से बजार खुलेसँगै १६६ अंक नाघेको थियो । १ बजेर ७ मिनेटमा नेप्से आइतबारको अघिकतम बिन्दु १६०५.२ अंक सम्म पुगेको थियो । त्यसपछि घटेको बजारमा ११ बजेर २० मिनेटदेखि करिब २५ मिनेट कारोबार अवरुद्ध हुन पुग्यो ।

नेप्सेको सिस्टममा समस्या भएर रोकिएको नेप्से कारोबार खुलुसँगै थप घट्यो । त्यसपछि बजारमा सामान्य उतारउढाव देखियो भने अन्मिममा नेप्से सामान्य बढेर बन्द भयो । आइतबार नेप्से सामान्य वृद्धि हुँदा बजारमा करिब पौने ३ अर्बको कारोबार भएको छ । आइतबार दिनभर बजारमा १८८ कम्पनीको ९२ लाख २३ हजार ७१२ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ७४ करोड २७ लाख ९६ हजारको सेयर कारोबार भएको छ ।

आइतबार बैंकिङ क्षेत्रमा लगानीकर्ताको आकर्षण देखिएको छ । बैंकिङ, विकास बैंक र वित्त कम्पनी समूहको सूचक हरियो हुँदा त्यसबाहेकको सबै सूचक रातो भएका छन् । आइतबार होटेल समूहको सूचक सवार्धिक ५.१३ अंकले वृद्धि हुँदा हाइड्रोपावर समूहको सूचक ४.०६ र अन्य समूहको सूचक १.०१ प्रतिशतले आरोलो लागेको छ । अन्य सबै समूहको सूचक आरालो लाग्दापनि बजारलाई लिड गर्ने बैंकिङ समूहको सूचक भने १.५५ प्रतिशतले बढेको छ

त्यस्तै विकास बैंक समूहको सूचक १.४१ प्रतिशत, वित्त कम्पनी समूहको सूचक ३.९४ प्रतिशतले बढेको छ । जसले गर्दा अधिकांश समूहको सुचक आरालो लाग्दा पनि नेप्से भने बढेको छ ।

११ कम्पनीको सेयर मूल्यमा सर्किट

आइतबार कारोबारमा आएका मध्ये ११ वटा कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ । जसमा ६ वटा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लाग्दा ५ वटा कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ ।

नकारात्मक सर्किट लाग्नेमा शुक्रबार नेप्सेमा सुचिकृत भएर आइतबारबाट कारोबारमा आएको लिवर्टी इनर्जीको साथै हिमाल दोलखा हाइड्रोपावर, हिमालयन उर्जा विकास कम्पनी, पाँचथर पावर कम्पनी, जोशी हाइड्रोपावर र पञ्चकन्या माइ हाइड्रोपावर रहेका छन् । यस्तै खानिखोला हाइड्रोपावर, रिलायन्स फाइनान्स, सप्तकोसी डेभलपमेन्ट बैंक, घलेम्दी हाइड्रो र सेन्ट्रल फाइनान्सको सेयर मुल्यमा भने पोजेटीभ सर्किट लागेको छ ।

आइतबार कारोबार रकममा भने रिलायन्स फाइनान्सले अग्रता लिएको छ । भदौमा आईपीओ जारी गरेर नेप्सेमा सुचिकृत भएको कम्पनीको सेयर मूल्यमा बिहिबारसम्म लगातार पोजेटिभ सर्किट लाग्दै आएको थियो । आज पनि सुरुवाती समयमा पोजेटिभ सर्किट नै लागेको कम्पनीको सेयर सामूहिक लगानी कोषले बिक्रि गर्दा उच्च कारोबार भएको छ ।

कम्पनीको १९ करोड ४७ लाख ६५ हजारको कारोबार भएको छ । यस्तै नेपाल पुनर्बिमा कम्पनी, नेपाल बैंक, सिभिल बैंक र अरुण काबेली पावरले कारोबार रकममा रिलायन्स लाइफलाई पछ्याएका छन् ।

Top